काठमाडौं । साताको तेस्रो कारोबार दिन आज शेयरबजार उच्च अङ्कले बढेको छ ।
यसदिन करिब तीन प्रतिशतले बढेको शेयर बजारमा नेप्से परिसूचकले पनि तीन हजारकै लय पक्रिएको छ ।
नेप्सेका अनुसार आज २.७९ प्रतिशतले बजार बढेको छ । जस अनुसार ८०.९७ अङ्कले बजार बढेर दुई हजार ९७३ दशमलव ७० विन्दुमा उक्लिएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिपछि आज नेप्सेमा उच्च वृद्धि आएको हो ।
आज सबै उपसूचक र समूहरूमा हरियाली छाएको छ भने ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज ३१९ कम्पनीको चार करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर एक लाख ७७ हजार १०१ पटक खरिदबिक्री हुँदा कूल २० अर्ब आठ करोड ५३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन १६ अर्ब ३२ करोडको कारोबार भएको थियो ।