काठमाडौं । हेर्दा अनौठो लाग्ने सेतो कालो पट्टीको द्वन्दमा पट्टी बाँधेर कानुन व्यवसायीहरुको आन्दोलन भएको छ ।
न्यायालयमा न्याय हरायो भन्दै सेवाग्राही आक्रोसित भएका छन् । एक बर्षदेखि न्यायका लागी न्यायालय धाईरहेको तर न्याय नपाएको गुनासो गर्दै न्यापालिकाको मर्यादाको लागी बार एशोसिशन र सर्वोच्चको आँगनमा आफ्नो र आफू जस्तै अन्य सर्वसाधारणको सुनुवाई हुनुपर्नेमा चर्को आवाज दिईरहेका छन् । न्यापालिका न्यायविहीन भएको, जनताका सेवक हुनु पर्ने न्यायपालिकामा को छन् खै ? किन सेवा पाईँदैन ? अब न्याय खोज्न कता जाने ? यसको विरुद्धमा लड्नु पर्नेमा जोड दिएका छन् ।
उता बारका अगाडि कोही सेतो पट्टी त कोही कालो पट्टीमा न्यायालयका मुर्तिहरु आन्दोलनका लागी उभिरहेका छन् । कोहीले भने नेपाल बारका केही कुरामा सहमति र केही कुरामा असहमति भएकाले कालो र सेतो दुबै पट्टी बाँधेर प्रदर्शन गरेका छन् । यसरी प्रदर्शन गर्नेमा कानून व्यवसायी स्वागत नेपाल र भूमिनन्द चुडाल , लगायतका छन् । कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।
FACEBOOK COMMENTS