काठमाडौं । नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये १२ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर कम्पनी, हिमालय उर्जा विकास कम्पनी, चन्द्रागिरी हिल्स, साहस उर्जा लिमिटेड, रैराङ हाइड्रोपावर कमपनी, कामना सेवा विकास बैंक, सानिमामाई हाइड्रोपावर, सबैको लघुवित्त र सिनर्जी पावर डेभलपमेन्ट रहेको छ । यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।
त्यस्तै, आज एभरेस्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ । यस बैंकको आज ३१ भन्दा बढीको कारोबार भएको छ ।