काठमाडौं । नेपाली काँग्रेस शेरबहादुर देउवा पक्षले भोलीका लागि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ ।
आज निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिको मान्यता दिएसँगै देउवा पक्षले बैठक बोलाएको हो । बैठक भोलि बिहान ८ बजे पार्टी कार्यालयमा बस्ने जनाइएको छ ।
बैठकमा सहभागिताका लागि कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमिति सभापतिहरूलाई बोलाएको छ ।
FACEBOOK COMMENTS