काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा संघीय सांसद रामबहादुर बिष्ट पराजित भएका छन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अछाम–२ मा भएको निर्वाचनमा बराबर मत आएपछि गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा सांसद विष्ट पराजित भएका हुन् ।
सांसद विष्ट र क्षेत्रीय सभापति लक्ष्मण शाहको बराबर मत आएको थियो । दुबैले ३८७ मत पाएपछि गोलाप्रथाबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधि जितेका शाह भने उपचारका लागि काठमाडौमै छन् । उनले वारेसनामार्फत् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । १३ औं महाधिवेशनमा पनि शाह गोलाप्रथाबाटै क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS