काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु भएको छ ।
बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेरअघि सुरु भएको हो । पार्टी सभापति गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर बैठक सुरु भएको छ ।
सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा बैठकमा छलफल गरिने जनाइएको छ । पदबाट राजीनामा दिएका थापा बैठकमा गएका छैनन् । सभापतिको कुर्सी खाली राखेर बैठक सञ्चालन गरिएको छ ।
पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा अस्वीकृतको प्रस्ताव पेस गरिने बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए ।



FACEBOOK COMMENTS