काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय परिवर्तन भएको छ । यसअघि आज बिहान ११ बजे बस्ने तय भएको बैठक अब आज दिउँसो १ बजे बस्ने भएको पार्टीले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी सूचनामा बैठकको समय मात्र परिवर्तन गरिएको उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS