काडमाडौं । नेपाली कांग्रेका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
विशेष महाधिवेशनको विवादका कारण पार्टी विभाजन भएपछि खड्काले पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्का अन्य नेताहरू पनि सहभागी हुने जनाइएको छ ।
FACEBOOK COMMENTS