काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । निर्धारित समयभन्दा डेढ घण्टा ढिलो बैठक सुरु भएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरी नियमित महाधिवेशन स्थगित भएको र अब विशेष महाधिवेशनको विकल्प नभएको बताएको भोलिपल्टै बैठक बसेको हो ।
बैठकले महाधिवेशनका सम्बन्धनमा उत्पन्न विवाद हल गर्ने नेताहरूको भनाइ छ । तर संस्थापन र इतर दुवै समूहको विपरीत अडानका कारण विवाद सजिलै हल हुने सम्भावना देखिँदैन । संस्थापनले चुनावअघि अब महाधिवेशनको सम्भावना नरहेको बताइरहेको छ ।
FACEBOOK COMMENTS