काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको छ ।
राष्ट्रियसभा निर्वाचनसम्बन्धी छलफल गर्न बोलाइएको बैठक केहीबेर बसेर स्थगित भएको हो । प्रवक्ता डा. प्रकाशशरण महतले केही विषय मिलाउन बाँकी रहेकाले बैठक फेरि बस्ने गरी स्थगित भएको जानकारी दिए ।
उनले बैठक आजै (मंगलबार) केही समयपछि फेरि बस्ने पनि बताए । सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रियसभा निर्वाचनमा गरिने चुनावी तालमेलबारे ‘ब्रिफिङ’ गरेका थिए ।
FACEBOOK COMMENTS