काठमाडौं । सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधिसभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ ।
यही जेठ १५ गतेको बजेट भाषण नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ ।
हाल हलभित्र साउन्ड सिस्टम, क्यामरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ ।
पटक–पटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ ।
निर्माण पूरा नभएकाले प्रतिनिधिसभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ ।

नयाँ सभा कक्ष तयार भएपछि संसद बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ ।












