काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चार समस्याग्रस्त सहकारीका थज २२३ जना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर, कान्तिपुर, कृषि विकास र गोर्खा सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकम नै सम्बन्धित पीडित बचतकर्तालाई फिर्ता गर्दै आएको जनाएको छ।
समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरेको जनाएको छ। आगामी चरणमा पनि बचत रकमका आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमश: रकम फिर्ता गरिनेछ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर भइरहेको छ ।