काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई कमलादी स्थित रुस्काज् ब्युटी स्टुडियोले सौन्दर्य सम्बन्धी सेवा सुविधामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
स्टुडियोमा हेयर कटिङ, थ्रेडिङ, ब्युटीसम्बन्धी कक्षा, हेयर केमिकल, फेसियल तथा स्किन ट्रिटमेन्ट, नेल/मेनिक्योर/पेडिक्योर/वाक्सिङ, मेकअप तथा मेकअप प्याकेज र कस्मेटिक/स्किन केयर उत्पादन जस्ता सेवा लिँदा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच रुस्काज् ब्युटी स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र बैंकका तर्फबाट बागमती प्रदेशका प्रमुख प्रदेश अधिकारी प्रचिता श्रेष्ठले समझदारीपत्र हस्ताक्षर गरेका छन् ।
समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटी स्टुडियोका तर्फबाट प्रबन्ध निर्देशक रविभक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूले रुस्काज् ब्युटी स्टुडियोमा माथि उल्लेखित सौन्द्रर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५∞ देखि २०प्रतिशत सम्म र कर्मचारीहरुलाई ५∞ देखि ३०प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्नेछ ।
