धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सङ्क्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरूष रहेका छन् । जसमा त्रिनगर नाकामा तीन जना र एक जनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरू कञ्चनपुर, अछाम र बझाङका रहेका छन् ।
यसअघि शुक्रबार ५ जना, बिहीबार एक जना र बुधबार तीन जनामा कोरोना सङ्क्रमण देखिएको थियो । योसँगै सुदूरपश्चिममा पछिल्लो चार दिनमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
FACEBOOK COMMENTS