![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १ जना आईसीयू र भेन्टिलेटरमा कोही पनि उपचाररत् छैनन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८६० पुगेको छ ।
योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।
FACEBOOK COMMENTS