काठमाडौं ।भारतमा पछिल्लो २४ घण्टा ३८ हजार ३५३ जनामा कोभिड १९ संक्रमण देखिएको छ । मंगलवार भारतमा १४७ दिनपछि सबैभन्दा कम २८ हजार २०४ जनामा संक्रमण देखिएको थियो। आज भने नयाँ सक्रियको संख्यामा एकैदिन १० हजारले वृद्धि भएको हो।
यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८६ हजार ३५१ पुगेको छ। आज १४० दिनपछि भारतमा सक्रिय कोरोना संक्रमितको संख्या सबैभन्दा कम पुगेको हो।यस्तै, संक्रमणका कारण थप ४९८ जनाको मृत्यु भएको छ।
FACEBOOK COMMENTS