काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुनेको घटनामा संलग्न भएकामध्ये ४१ जनालाई ५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आइतबार न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएर पक्राउ परेकाहरुलाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
शुक्रबार पक्राउ परेकाहरूलाई ५ दिन र शनिबार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको अदालतले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएकाहरुको अनुसन्धानका लागि १० दिनको समय मागेको थियो ।
FACEBOOK COMMENTS