काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको छ ।
तेजबहादुर खड्काको इजलासले सजाय निर्धारणका लागि पेश गर्ने आदेश गरेको हो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह सार्वजनिक भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० जेठ १० मा ३० जनालाई अदालतमा मुद्दा दायर गरेको थियो ।
पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङ्टावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल प्रतिवादी छन। त्यस्तै, बेचन झा, प्रतिक थापा, सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी प्रतिवादी छन्
अदालतले मुद्दाको फैसला गरे पनि सजायको निर्धारण भने आज नहुने भएको छ । फैसलाको पूर्ण विवरण आउन बाँकी छ ।