काठमाडौं । बागमतीको मुख्यमन्त्रीमा दाबि पेश गरेका एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपामा विवाद बढेको छ ।
केन्द्रको निर्देशन विपरित प्रदेश संसदीय दलले एमालेलाई समर्थन गरेपछि केन्द्र र संसदीय दलबीच विवाद भएको हो ।
केन्द्रले यसअघि नै संसदीय दललाई निर्देशन दिदै कुनै पनि सरकारलाई समर्थन नगर्न निर्देशन दिएको थियो । तर संसदीय दलका नेता उद्धव थापाले एमाले नेता किरण थापालाई समर्थन गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले कारवाहीको चेतावनी दिदै प्रदेश प्रमुखलाई राप्रपाको समर्थन नरहेको पत्र समेत पठाएका छन् ।
यसै विषयमा छलफल गर्न राप्रपाले आज बिहान ११ बजे अनुशासन समितिको बैठक र १२ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । बुधबारनै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई १२ घण्टाभित्र स्पष्टिकरण पेश गर्न समय दिएको छ ।
अर्कोतर्फ संसदीय दलका नेता उद्धव थापाले भने राप्रपाको समर्थन यथावत रहेको दोहोराएका छन् ।