काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न सभाबाट विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन् । संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित शेयरधनीहरुले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ ।
त्यसैगरी लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, आव २०८०/०८१ को नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ ।
सभाले समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालकमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जन निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS