काठमाडौं । यस वर्षको ११.११ अभियानको सफलतापछि दराज अनलाइन बजारले वर्षको अन्तिम सेल अभियान
दराज १२.१२ को घोषणा गरेको छ।
यस अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्डवाहकले क्रेडिट कार्ड मार्फत १० प्रतिशत अधिकतम दुई हजार रूपैयाँ सम्म र डेबिट कार्ड मार्फत छुट पाउन सक्नेछन्।
उक्त अभियान २४ मंसिर मध्यरात ११ डिसेम्बर मा सुरू हुनेछ। १२.१२ मा उपभोक्ताहरूले विशेष छुट, चार हजार रूपैयाँ बराबरको मेगा भौचर र बैंक कार्ड मार्फत् १० प्रतिशत ढढअधिकतम दुई हजार रूपैयाँ सम्मको थप छुट पाउने कम्पनीले जनाएको छ।
त्यसैगरी ग्राहकले अभियान अवधिभर आफ्नो ईसेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत अधिकतम पाँच सय रूपैयाँ सम्मको विशेष छुट पनि पाउन सक्नेछन्।
यस वर्षको १२.१२ मा फिलिप्स, सामसङ, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनमा ६० प्रतिशतसम्म छुट रहेको कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकले फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणजस्ता विभिन्न वर्गमा रहेका १३ लाखभन्दा बढी उत्पादनमा पनि विशेष डिल र अफर पनि पाउन सक्नेछन्।
FACEBOOK COMMENTS