काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले दासढुङ्गा प्रकरणको फाइल पुन: खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उनले तत्कालीन पार्टी महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय निधनबारे नयाँ ढङ्गबाट अनुसन्धान अगाडि बढाइने बताएका हुन् ।
सचिव बस्नेतले मदन भण्डारीको रहस्यमय दुर्घटनापछि पार्टी पटक–पटक सत्तामा पुगे पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन आवश्यक गम्भीरता नदेखाइएको स्वीकार गरे ।
उनले पार्टीका नेताहरू प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मको जिम्मेवारीमा पुगेको स्मरण गराउँदै अब भने दासढुङ्गा प्रकरणलाई नयाँ ढङ्गबाट अनुसन्धान गर्ने सङ्कल्प गरिएको बताए ।
साथै उनले मदन भण्डारी र जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक रहेको उल्लेख गर्दै उनीहरूको निधनको वास्तविकता सार्वजनिक हुनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

आइतबार नेकपा एमाले केन्द्रीय कार्यालयद्वारा मदननगर बल्खुमा विशेष कार्यक्रम आयोजना गरी ३३औँ मदन–आश्रित स्मृति दिवस मनाएको छ ।

हेर्नुहोस् भिडिओ–