काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा ग.२ ख. १२३१ नम्बरको दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना गरी जम्मा २५ जनाको उपचार भइरहेको छ ।
धादिङ प्रहरीका अनुसार दुर्घटनामा मृतकको विवरण यसप्रकार छ–
१. क्तभधबचत म्यmष्लष्अ भ्तजबल नाम भएको वर्ष २४ का पुरुष (द्यचष्तष्कज नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं. ३० बस्ने वर्ष ४० को विवेक बस्नेत
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाडौँ नागार्जुन नगरपालिका वडा नं. ६ बस्ने वर्ष ६३ को चन्द्र बहादुर ढेंकर

४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी वर्ष ४० का ओम कुमार मल्ल

५. जिल्ला धादिङ, साविक सत्यदेवी–८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अन्दाजी वर्ष ३० का इन्जिनियर ढुंगाना

६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गाउँपालिका–७ बस्ने अन्दाजी वर्ष ५५ की विष्णुमाया ढकाल

७. जिल्ला काठमाडौंको बौद्ध टुसाल बस्ने अन्दाजी वर्ष २९ का लोमाङ गोले

८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी वर्ष ४५/४६ का हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नम्बर १ बस्ने अन्दाजी वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाडौँ स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)
११. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५/५० को पुरुष व्यक्ति
१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा च्यजभभभत लेखिएको ट्याटु)
१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष १९/२० को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा चंगेरो र गिटारको त्बततयय)
१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५२ को पुरुष व्यक्ति
१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४/३६ की महिला
१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला
१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला


धादिङ बस दुर्घटना अपडेट : काठमाडौंको ट्रमा सेन्टरमा एक जनाको मृत्यु
FACEBOOK COMMENTS