काठमाडौं । पूर्वमन्त्री दिपक खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजश्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मागेको हो ।
खड्कालाई गत १५ चैतमा प्रहरीले पक्राउ गरेको थियो । उनकी पत्नी विनिता थापाले गैरकानूनी रुपमा पक्राउ गरिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको हो । अर्को पेशी भोली तोक्न न्यायाधीशद्वयले आदेश गरेका छन् ।
सर्वोच्चको आदेशमा राजश्व अनुसन्धान विभागबाट अनुरोध भएको तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप भएको भए सो सम्बन्धी सम्पूर्ण कागजातहरुसहितको मिसिल
तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी भोली १२ बजेसम्म लिखित जवाफ दिन भनिएको छ ।
