काठमाडौं । सरकारले थप चार देशका लागि पुन: श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, वहराइन र लेवनानको पुन: श्रम स्वीकृति खुलाएको जानकारी दिएको हो ।
मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति रोकिएको थियो ।
यस्तै नेपालीको अर्को श्रम गन्तव्य देश इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषदको २०८२ पुस ११ गतेको निर्णय वमोजिम श्रम स्वीकृति प्रदान हुने पनि विभागले जनाएको छ । यसअघि साउदी अरेबिया, युएइ, कतार, ओमान, यम, जोर्डन र टर्कीको पुन: श्रम स्वीकृति सुचारु गरिसकिएको विभागले जनाएको छ ।