काठमाडौँ । सङ्घीयता कायम भएपछिको दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रक्रियागत कार्यक्रम सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला मनाङबाट प्रदेशसभा सदस्यमा दीपक मनाङ्गे (राजीव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् ।
मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले बुधवार उम्मेदवारी फिर्ता लिएपछि मनाङ्गे निर्विरोध निर्वाचित भएका हुन्।
मनाङ्गेलाई आजै निर्विरोध निर्वाचित भएको घोषणा गरिने मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । मनाङ्गे विसंं २०७४ मा पनि स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य भएका थिए । गुरुङ हाल गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री छन्।
FACEBOOK COMMENTS