काठमाडौं । भारतको दिल्ली विमानस्थलमा प्राविधिक समास्या आएको छ ।
भारतको विमानस्थल प्राधिकरणले अटोमेटिक म्यासेज स्विचिंग सिस्टममा समस्या आएको कारणले उडान हुन नसकेको जानकारी दिएको छ । यो सिस्टमलेएयर ट्राफिक कन्ट्रोलको डाटा प्रणालीलाई सहयोग गर्ने गर्दछ ।
प्राधिकरणले भनेको छ– ’एयर ट्राफिक कन्ट्रोल डेटालाई समर्थन गर्ने स्वचालित सन्देश स्विचिङ प्रणालीमा प्राविधिक समस्याका कारण दिल्ली विमानस्थलमा उडान सञ्चालनमा ढिलाइ भइरहेको छ । नियन्त्रकहरूले उडान योजनाहरू म्यानुअल रूपमा उडान गराइरहेका छन्, जसले गर्दा केही ढिलाइ भइरहेको छ । प्राविधिक टोलीहरूले प्रणालीलाई सकेसम्म चाँडो पुनस्र्थापित गर्न काम गरिरहेका छन् ।’
प्राविधिक समस्या पछि दिल्लीबाट उडान गर्ने १०० भन्दा बढी उडानहरु ढिला भएका छन् । भारतको राष्ट्रिय राजधानी क्षेत्रको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो, जसले दैनिक १५ सयभन्दा बढी उडानहरू ह्यान्डल गर्छ । यो प्राविधिक समस्याका कारण बिहीबार साँझदेखि हवाई ट्राफिक नियन्त्रकले म्यानुअल रूपमा उडानहरू गराइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS