काठमाडौं ।चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । उनले ३ भदौदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले यो घोषणा गरेका हुन् । उनले आफ्ना माग सरकारले सुन्नु पर्ने पनि बताएका छन् । डा. केसीले यसपटक आफ्नो मागको पहिलो बुँदामा नै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पदमुक्त गर्नु पर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहीअघि मात्रै स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका थिए । श्रेष्ठको नियुक्तिबारे नेपाली कांग्रेसकै कतिपय नेताहरु असन्तुष्ट थिए ।त्यस्तै, डा. केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष पदाधिकारीलाई पनि पदमुक्त गर्न माग गरेका छन् । उनले बिपीमा पदाधिकारी नियुक्त गर्दा मापदण्डका आधारमा सिफारिस गर्ने र कार्यदल बनाउनु पर्ने माग गरेका छन् ।
डा. केसीले चिकित्सा क्षेत्रमा गैरनाफामुलक नीति सुनिश्चित गर्न, कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गर्न र आफूसँग यसअघि भएका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन् ।
FACEBOOK COMMENTS