काठमाडौं । अजम्बरी बचत तथा ऋण सहकारी संस्था र इजी डेन्टलबीच सहकारीका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा अजम्बरी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख गाम्बा सुनुवार र इजी डेन्टलका अजय रेग्मीले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार, महाङ्काल, काठमाडौमा अवस्थित अजम्बरी बचत तथा ऋण सहकारीका खाता सञ्चालक ग्राहकहरूले इजी डेन्टलमा प्रदान गरिने दन्तसम्बन्धी सेवाहरूमा २० प्रतिशतसम्मको छुट पाउनेछन्।
यसअन्तर्गत दन्त उपचार सम्बन्धी सम्पूर्ण उपचार लगायतका सेवा सुविधामा छुट उपलब्ध हुनेछ।
बिगत १६ वर्षदेखि सफल रूपमा सञ्चालनमा रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था आर्थिक सशक्तिकरणका साथै समुदाय लक्षित सेवामा निरन्तर क्रियाशील रहँदै आएको छ। आर्थिक समावेशिता, सदस्यहरूको हित र सामाजिक उत्तरदायित्वमा केन्द्रित रही सहकारीले विभिन्न क्षेत्रका सेवामा सहकार्य गर्दै आएको छ। यसपटक इजी डेन्टलसँगको सहकार्यले सहकारीका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र पहुँचयोग्य बनाउने विश्वास गरिएको छ।
इजी डेन्टल प्रा।लि। काठमाडौ महानगरपालिका वडा नं. ६, चाबहिलस्थित महाङ्काल खानेपानी संस्थाको अगाडि अवस्थित, ३० वर्षभन्दा बढीको अनुभवसहितको एक प्रतिष्ठित दन्त स्वास्थ्य संस्था हो। इजी डेन्टलले आधुनिक प्रविधियुक्त उपचार कोठा, उच्च गुणस्तरीय स्टेरिलाइजेसन प्रणाली, आरामदायक प्रतीक्षालय, लिफ्ट सुविधा, प्रशस्त पार्किङ र अनुभवी चिकित्सकहरूको टोलीसहित सेवाहरू प्रदान गर्दै आएको छ।
यस क्लिनिकले समुदायप्रति उत्तरदायी रहँदै गुणस्तरीय र विश्वासिलो सेवा उपलब्ध गराउँदै आएको छ।
FACEBOOK COMMENTS