काठमाडौँ । नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाले अपराह्न ५ बजे बस्ने गरी बैठक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौंलगायत देशका केही सहरहरूमा प्रदर्शन गरेका थिए।
सभापति देउवालाई भेटेर आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजीका कुरा सुन्न र सामाजिक सञ्जाल खुला गर्न प्रधानमन्त्रीसँग कुराकानी गर्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए। जेनजीको प्रदर्शनमा १३ जनाको मृत्यु भइसकेको छ।
FACEBOOK COMMENTS