काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह ‘कमल’को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
साहले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको छ ।
कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण निर्वाचनको दुई दिनअघि मात्र निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । त्यस निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए ।
उनको उम्मेदवारी खारेज भए पनि सो क्षेत्रमा उनको चुनाव चिह्न ‘घण्टी’ मा सर्वाधिक मत प्राप्त भएको छ । तर, निर्वाचन आयोगले भने दोस्रो मत पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ ।
यो पनि–

रास्वपालाई दुईतिहाइ पुर्याउन हामी सहयोग गर्छौँ : कमल थापा

FACEBOOK COMMENTS