काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान गर्न नपाइने भनिरहँदा कार्यपालिका बैठकमै एक वडा अध्यक्षले गुट्खा चपाएका छन् ।
आज बिहीबार उपमहानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान तथा मद्यपान गर्न नपाइने सूचना जारी गरेको छ ।
सूचना आज जारी गरिएपनि यो निर्णय गत पुस २९ गते बसेको कार्यपालिका बैठकले गरेको थियो । उक्त बैठकमा सहभागी वडा नम्बर १७ का वडा अध्यक्ष सुर्य बहादुर (मनोज) भट्टराईले नै त्यसपछि बसेको बैठकमा गुट्खा चपाएका हुन् ।
उनले गुट्खा चपाउँदै कार्यपालिका बैठकमा सहभागी भएको भिडियो सामाजिक सञ्जालमा चर्चित भएको छ । उनले आफूले गुट्खा सेवन गरेको विषय स्वीकार गरेका छन् ।
‘मैले रजनीगन्धा खाएको हो । नखाएको भनेको छैन ।’ वडा नम्बर १७ का अध्यक्ष भट्टराईले भने ।
धरानमा सूर्तीजन्य वस्तु बिक्री गर्न नपाइने
FACEBOOK COMMENTS