काठमाडौं । आफूलाई पक्राउ गर्ने पुर्जीविरुद्ध पत्रकार दिलभूषण पाठक उच्च अदालत पाटन पुगेका छन् ।
साइबर अपराधको कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनी त्यसविरुद्ध निषेधाज्ञा माग्दै उच्च अदालत पुगेका हुन् ।
पाठकको निवेदनउपर न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासमा पेसीसमेत तोकिएको बताइएको छ ।
आफूविरुद्ध तथ्यहीन समाचार सम्प्रेषण गरेको भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाले साइबर अपराधमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भइ प्रहरीले खोजी गरिरहेको छ ।
FACEBOOK COMMENTS