काठमाडौं । डीआर ट्रेडर्सका प्रबन्ध निर्देशक तथा फर्निचर एण्ड फर्निसिङ एसोसिएशन (एनएफएफए)का अध्यक्ष दिनेश कुमार अग्रवाललाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ अन्तर्गत बेष्ट फर्निचर अफ द इयर अवार्ड प्रदान गरेको हो ।
को हुन् अग्रवाल ?
बुबा प्रयागचन्द्र र आमा नारायणीदेवी अग्रवालबाट वि.स. २०३२ सालमा जन्मिएका दिनेश कुमार अग्रवाल हाल डीआर ट्रेडर्सका प्रबन्ध निर्देशक तथा फर्निचर एण्ड फर्निसिङ एसोसिएशन (एनएफएफए)का अध्यक्ष छन् । भद्रपुर माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा हासिल गरेका उनले अमृत साइन्स क्याम्पसबाट आईएससीसम्मको अध्ययन गरेका छन् ।
फर्निचर व्यवसायमा १२ हजार भन्दा बढी व्यवसायीबाट करिब ३० अर्ब रुपैयाँ लगानी छ । तर, कच्चा पदार्थको अभाव वा आयात गर्नुपर्ने बाध्यताले धेरै समस्या भइरहेको उनी बताउँछन् । फर्निचर उद्योगमा कच्चा पदार्थ नहुँदा समस्या हुने र जंगलमा काठ खेर जाने भन्दै खेर जाने काठ निकासी गरेर सदुपयोग गर्दै आर्थिक आम्दानी गर्नुपर्ने धारणा उनको छ ।
यस्तै, बैंकको उच्च ब्याजदरका कारण फर्निचर व्यवसायीहरु विस्थापित भएको र त्यसको सहजीकरण गर्न एसोसिएशन लागि परेको उनले बताए ।
FACEBOOK COMMENTS