काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) का अध्यक्ष दिनेश श्रेष्ठले सूचना प्रविधि सहज नहुँदा साना–साना व्यवसाय फस्टाउन नसकेको बताएका छन् ।
आज शुक्रबार एनसीआईसीके डिजिटल एक्स्पो २०२४ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालीको संञ्चार प्रविधि उच्च विकासमा अग्रसर रहेको छ । सूचना प्रविधि सहज नहुँदा साना साना व्यवसाय फस्टाउन सकेको छैन । त्यसैले हामीले यसलाई ध्यानमा राखेर एक्सपो सञ्चालन गर्न लागेका हौँ । यसले घरेलु साना र ठुला नभई सबै व्यवसायलाई समेट्छ । ’
यो एक्सपोले डिजिटल अस्मानता कम गर्ने उनको भनाइ छ । आगामी दिनमा यसलाई अझै फस्टाउँदै लैजान सरकारलाई उनले आग्रह गरे ।
‘सबै व्यवसाय अनलाइनमार्फत चल्नुपर्छ । यसका लागि कानुन प्रोत्साहन गर्ने खालको हुनुपर्छ । तर, त्यस्तो कानुन छैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘कर चुक्ता प्रमाण पत्र अनलाइन दिने भनेको सात वर्ष भयो तर अहिलेसम्म दिन सकेको छैन ।’
FACEBOOK COMMENTS