काठमाडौं। शेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल ठगी तथा विश्वासघातको अभियोगमा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार उनलाई टोखाबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई झण्डै २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ।
उक्त घटनासम्बन्धी अनुसन्धान धितोपत्र बोर्डले समेत अघि बढाइसकेको छ। अग्रवालविरुद्ध आर्थिक अनियमितता, विश्वासघात र ठगीसम्बन्धी अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
FACEBOOK COMMENTS