काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेश कुमार वैद्यलाई कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
…त्यसपछि उद्योगी–व्यवसायीहरू अर्थमन्त्री महतसँग रिसाए
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘बेष्ट मर्चेन्ट बैंक अफ द इयर’का रूपमा ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरेको हो ।
उनलाई अवार्ड वितरण समारोहका प्रमुख अतिथि विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, अवार्ड छनोट समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वध्यक्ष भवानी राणा, कर्पोरेट मिडियाका अध्यक्ष उज्वल जंग शाह, उपाध्यक्ष, सुष्मा महरा र कर्पोरेट मिडियाकी बिजनेश डिरेक्टर संगीता खत्रीलगायतले संयुक्त रूपमा अवार्ड प्रदान गरे ।
कर्पोरेट बिजनेश अवार्डको यो संस्करणमा चार जनालाई ‘कर्पोरेट बिजनेश लिडरशीप अवार्ड’ र विभिन्न क्षेत्रलाई समेटेर प्रतिनिधिमूलक ढङ्गबाट २५ जनालाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
को हुन् वैद्य ?
संयुक्त राज्य अमेरिकाको पुँजीबजार क्षेत्रमा करिब २१ वर्ष काम गरेका दीपेश कुमार वैद्य अहिले एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । अमेरिकाको इन्टरनेशनल बिजनेस स्कुल (ब्राण्डिज युनिभर्सिटी) र काठमाडौं स्कुल अफ म्यानेजमेन्टबाट एमबीए गरेका उनी बैंकिङ लगानी, कर्पोरेट वित्तको सल्लाहकार, प्राइभेट मार्केट फण्ड रेजिङ र इन्भेष्टमेन्ट म्यानेजमेन्ट सर्भिसका लागि विशेषज्ञका रूपमा रहेका छन् ।
उनले नेपालको धितोपत्र बजारको अनुसन्धान गर्नाका साथै अन्तर्राष्ट्रिय वित्त निगम र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा विभिन्न अनुसन्धान प्रतिवेदनहरू पेश गरेका छन् भने केही सेमिनारहरूमा प्रस्तुति समेत दिएका छन् । हाल काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा अतिथि शिक्षक समेत रहेका उनी सो विश्वविद्यालयको विषयगत पाठ्यक्रम समितिको सदस्य समेत छन् । उनी अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना सेवा प्रदान गर्ने गैरसरकारी संगठन ‘आधारभूत पुनर्वास केन्द्र’को सदस्य समेत छन् ।
४० वटा भन्दा बढी शेयर र ऋणपत्रको कुशल व्यवस्थापन गरिसकेका उनले गोप्य शीलबन्दी प्रक्रियामार्फत नेपालमा सार्वजनिक कम्पनीको शेयरको पहिलो र सबैभन्दा ठूलो प्रस्तावहरूको सम्झौतालाई सफलता प्रदान गरेका छन् । उनले निजी बजार/वित्तीय संस्थाबाट दुई अर्ब दुई करोड रूपैयाँभन्दा बढी इक्विीटी/ऋण उठाउन नौवटा विभिन्न औद्योगिक क्षेत्रका कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका छन् ।
यस्तै, पोर्टफोलियो म्यानेजमेन्टअन्तर्गत पाँच अर्व रुपैयाँ भन्दा बढीको एयूएमसँग लगानी व्यवस्थापन व्यवसायको नेतृत्व गरिरहेका छन् ।
‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ सम्पन्न, विभिन्न उद्योगी–व्यवसायीलाई गरियो सम्मान (भिडिओसहित)
लक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?
FACEBOOK COMMENTS