काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौंको गेटमा धुलो थुपारिदिएको छ ।
कलंकी( महाराजगञ्ज सडक संघीय सरकारले समयमा नै नबनाउँदा नागरिकले धुलोको प्रदूषण खेप्नु परेको भन्दै महानगरले दुवै कार्यालयको गेटमा धुलो थुपारेको हो ।
महानगरको ब्रुमरले संकलन गरेको धुलो दुवै कार्यालयको गेटमा थुपारेको हो ।
महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको जनाएको छ ।
उनले लेखेका छन्, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’
FACEBOOK COMMENTS