काठमाडौं– गरिमा विकास बैंकका ग्राहकले एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा विभिन्न सेवामा छुट पाउने भएका छन् । बुधबार बैंक र सेन्टरबीच यस सम्बन्धी सम्झौता भएको हो ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले एरोगिन हेल्थ केयर एण्ड रिसर्च सेन्टरको सेवा सुविधामा छुट पाउनेछन् ।
उनीहरुले हेयर ट्रान्सप्लान्टमा २५ देखि ४० प्रतिशत, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतितशत, हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत, डेन्टल ट्रिटमेन्टमा २० प्रतिशत र ल्याब ईन्भेस्टिगेसनमा १५ प्रतिशत छुट पाउनेछन् ।
FACEBOOK COMMENTS