काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल महाकाली नदीमा आएको बाढीका कारण भत्किएको छ।
बुधबार बिहान करिब ८ बजे नदीको बीच भागमा रहेको पुलको एउटा पिलर भत्किएपछि पुलको ठूलो हिस्सा नदीमा बगेको हो।
प्रत्यक्षदर्शीका अनुसार बाढीको तीव्र बहावका कारण पुलको संरचनामा क्षति पुगेको थियो।
त्यसक्रममा नदीको बीचमा रहेको पिलर ढलेपछि पुलको एक भाग नै बगाएको हो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएको छ।

पिलर भत्किएसँगै पुलको सम्बन्धित भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
