काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३१ रूपैयाँ १७ पैसा र बिक्री दर १३२ रूपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ७७ पैसा र बिक्री दर १४३ रूपैयाँ ४२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २२ पैसा र बिक्री दर १६२ रूपैयाँ ९६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
FACEBOOK COMMENTS