काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफू सत्ता त्याग्न तयार रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार अमेरिकाले निकोलस मादुरो र उनको सम्पूर्ण परिवारलाई पूर्ण कानुनी उन्मुक्ति दिएमा आफू सत्ता त्याग्न तयार रहेको बताएका छन् । मादुरोले नोभेम्बर २१ मा ट्रम्पसँग फोनमा कुरा गर्दै उक्त विषयमा संवाल गरेका थिए ।
उनले सबै प्रतिबन्धहरू हटाउन, आफूविरुद्धको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मुद्दा बन्द गर्न र भ्रष्टाचार, लागूपदार्थको तस्करी र मानवअधिकार उल्लङ्घनका लागि उनका १०० भन्दा बढी अधिकारीहरूमाथि लगाइएको प्रतिबन्ध हटाउन पनि माग गरेका छन् ।
ट्रम्पले सबै सर्तहरू सिधै अस्वीकार गरेको र मादुरोलाई आफ्नो पअमेरिका
रिवारसँग जहाँ चाहियो त्यहाँ जानको लागि केवल एक हप्ताको समय दिएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
तर एक हप्ताको समयसीमा गत शुक्रबार समाप्त भएको बताइएको छ । समयसीमा सकिएपछि, ट्रम्पले अचानक भेनेजुएलाको सम्पूर्ण हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले नोभेम्बर २३ मा मादुरोसँग कुरा गरेको बताए, तर थप विवरण दिन अस्वीकार गरेका छन् । ह्वाइट हाउसले पनि यस विषयमा अहिलेसम्म कुनै जानकारी प्रदान गरेको छैन ।

यो कुराकानी अमेरिकी नौसेनाले क्यारिबियन र प्रशान्त महासागरमा २१ वटा सैन्य कारबाही गरेपछि भएको थियो । अमेरिकाले यी डुङ्गाहरू भेनेजुएलाको लागूपदार्थ तस्करी गर्ने गिरोहसँग सम्बन्धित रहेको दाबी गरेको छ, जसलाई अमेरिकाले आतंकवादी संगठनको भनेको छ ।

यी आक्रमणहरूमा अहिलेसम्म कम्तिमा ८३ जनाको मृत्यु भइसकेको छ । ट्रम्पले आवश्यक परेमा अमेरिकी सेना भेनेजुएलालाई आक्रमण गर्ने चेतावनी दिदै आएका छन् ।


FACEBOOK COMMENTS