काठमाडौं । सरकार र अनशनरत डा. निकोलस भुसालबीच भएको वार्ता विफल भएको छ ।
सरकारले डा.भुसाल र हरिश विष्टको अनशन तोडाउन भन्दै वार्ता टोली गठन गरेको थियो । टोलीसँगको वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । शुक्रबार फेरि वार्ता हुने बताइएको छ ।
डा भुसाल भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन रोकेर प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गर्नुपर्ने लगायतका माग राखेर आमरण अनशनमा छन् ।
FACEBOOK COMMENTS