काठमाडौं । निजी क्षेत्रका हवाई सेवाप्रदायक कम्पनीका लागि दशैंमा भ्याइनभ्याई छ ।तर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने देखाउनको लागी मात्र छ ।
दशैंमा ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ। सर्वसाधरणका लागि सामान्य तवरले सिट पाउनै मुस्किल छ। सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउने गरेका छन् ।
नेपाल वायुसेवा निगम सँग भने उडानका लागि आवश्यक जहाज नहुदा र भएकाको पनि राम्रो व्यवस्थापन हुन नसक्दा आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । सोझै भन्नु पर्दा निगमका जहाज घाम तापेर बसेका छन् ।
जुन कुरा असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आलेले ‘वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन् । जहाज घाममा सुकाएर त पैसा आउँदैन । जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ’ भनेर मन्त्रि आलेले स्वीकार गरिसक्नु भएको छ ।
आन्तरिक हवाई यात्राका लागि यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम निरीह बनेको छ । निगमसँग अहिले १८ सिट क्षमताका दुई थान जहाज मात्र छन । ती पनि बेलाबेला बिग्रिरहन्छन । निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छन ।
ती जहाज विमानस्थलमै थन्किएका छन । निगमले काठमाडौं बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमकोट, बाजुरा, हुम्ला लगायत जिल्लामा उडान गर्ने गरेको छ ।
समस्याग्रस्त रहेको निगममा पछिल्लोपटक कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै निगमलाई अस्तव्यस्त पारेको छ । निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ । तर नेपाल वायुसेवा भने कमजोर व्यवस्थापनका कारण नीजि कम्पनीको ब्यापार हेरेर बस्न बाध्य छ ।
FACEBOOK COMMENTS