आवरण स्किन क्लिनिक दरबारमार्गले अनावश्यक रौं हटाउने अत्याधुनिक विश्वको एक नम्बर भनेर परिचित ‘सोप्रानो आइस प्लाटिनमू’ उपकरण भित्राएको छ। यस लेजर मेसिनको बजार भाउ करोड भन्दा माथि छ।
अल्मा लेजर कम्पनीको उक्त उपकरण विश्वमा सर्वोत्कृष्ट उपकरणको रुपमा परिचित छ। विश्वको अति विकसित देश र प्रख्यात क्लिनिकहरुमा समेत यही उपकरण प्रयोग गरिन्छ। किम कर्डाइसन लगायत हलिउड सेलिब्रेटीहरुले समेत उक्त उपकरण प्रयोग गरेको पाइन्छ ।
उक्त उपकरणको उद्घाटन मिस नेपाल अर्थ २०२० सुप्रीया श्रेष्ठ र मिस्टर नेपाल २०२२ नुतन श्रेष्ठले एकै साथ गरेका छन् ।
यस उपकरणको उपयोगिता र खर्चबारे धारणा राख्दा आवरण स्किन क्लिनिकका छालारोग विशेषज्ञ डा. रुपक घिमिरे भन्छन, ‘यस मेसिनले आवरणको गुणस्तरीय सेवामा अर्को एउटा आयाम थपेको र यही मेसिन टपक्क टिपेर विदेशमा सेवा दिदा यहाँ भन्दा ५ देखि १० गुणासम्म बढी लाग्ने तर यही सेवा नेपालमा सुपथ मुल्यमा पाइन्छ ।’
FACEBOOK COMMENTS