काठमाडौं । एनआईसी एशिया बैंक र ई-स्टप नेपाल प्राली.बीच बैंकका ग्राहकहरूलाई रेष्टुरेन्ट र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ।
यस सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले ईस्टप नेपालले सञ्चालन गरेका रेष्टुरेन्टहरूमा खाने परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट पाउने छन्।
ई.स्टप नेपालले नवलपुरको दलदले, सिन्धुलीको रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ। ग्राहकहरूले विद्युतीय सवारी साधन चार्ज गर्दै छुटको लाभ उठाउँदै स्वादिष्ट खाना पनि उपभोग गर्न सक्नेछन्।
उक्त छुट सुविधा लिन बैंकका ग्राहकहरूले आफ्नो डेबिट, क्रेडिट वा प्रिपेड कार्ड तथा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।
बैंकले दी गो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको सहकार्यले डिजिटल भुक्तानीको प्रवर्द्धन र हरित अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास लिएको जनाएको छ।
