दीपक कुमार अग्रवाल
कार्यकारी निर्देशक/सीईओ, बतास एमएडब्ल्यू कमर्सियल भेहिकल प्रालि
आमन्त्रित सदस्य, नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल
अटोमोबाइल व्यवसायीहरूका लागि महत्वपूर्ण पर्वका रूपमा आयोजना हुँदै आएको ‘नाडा अटो शो, २०२४’ ले कत्तिको उत्साहित बनाएको छ ?
हामी धेरै नै उत्साहित छौँ । किनकी अरुलाई दसैँ आउन असोज–कात्तिक कुर्नुपर्छ भने हामीलाई अहिलेदेखि नै लाग्ने गर्छ । यसले देशको समग्र अर्थतन्त्रलाई नै चलायमान बनाउने भएकाले पनि यसलाई हामी पर्वका रूपमा लिने गर्दछौँ । यो शो हुने भएपछि म मात्र होइन अरु सबै व्यवसायी उत्साहित हुनुहुन्छ ।
विशेषगरी तपाइँ कमर्सियल भेहिकलको बिक्रेता हुनुहुन्छ, बजारमा अहिले कमर्सियल भेहिकलको व्यापार ठप्पप्रायः छ भनिन्छ । त्यसो हो भने त तपाइँ खासै उत्साहित हुन नपर्ने होइन र ?
नाडा अटो शोलाई हामीले टू–ह्वीलर्स, फोर–ह्वीलर्स, प्यासेञ्जर वा कमर्सियल भेहिकल भन्दा पनि ओभरअलमै हेर्नुपर्छ । हाम्रो स्टल त्यहाँ नभए पनि नाडाले सबै प्रकारका सवारी साधनको बिक्री र प्रवद्र्धनमा तरङ्ग ल्याउँछ । त्यसकारण पनि हामी सबै उत्साहित नै छौँ ।
बतास एमएडब्ल्यू कमर्सियल भेहिकल प्रालिले कुन कुन गाडी आयात र बिक्री गरिरहेको छ ?
यो कम्पनी नेपालमा आइसर गाडीको आधिकारिक बिक्रेता हो । सन् २००८ देखि हामी यो गाडीको कारोबार गर्दै आएका छौँ । पहिला हाम्रो इष्टर्न एजेन्सी बतास अर्गनाइजेशनले यो काम गर्दै आएको थियो भने विगत डेढ वर्षदेखि एमएडब्ल्यूको सहकार्यमा जोइन्ट भेञ्चर गरेर अगाडि बढिरहेका छौँ । कमर्सियल भेहिकलमा चाहिने सम्पूर्ण रेञ्जसहित हामी नेपाली बजारमा उपस्थिति छौँ । हामीसँग निर्माण क्षेत्र, अस्पताल, हाइड्रोपावर, फलामखानी, विद्यालय, विभिन्न कारखानाहरू र दैनिक यात्राको क्षेत्रमा उपयुक्त हुने विभिन्न रेञ्जका गाडीहरू उपलब्ध छन् ।
यति धेरै गाडी बेच्नुहुन्छ, कति छ मार्केट शेयर ?
आइसरको कुरा गर्दा हामीले करिब २० प्रतिशत मार्केट शेयर होल्ड गरेका छौँ । स्कुल बसमा मात्रै ३५ प्रतिशत मार्केट शेयर हाम्रो छ । ठूला बसहरूमा पनि हामी भर्खरै सुरू गर्न लागेका छौँ । नाइट बसहरूमा पनि नयाँ प्रडक्टहरू लिएर आएका छौँ, अब चाँडै लञ्च गर्न गइरहेका छौँ । त्यसैगरी टिपर, ट्रक, मिनी ट्रक (विभिन्न रेञ्ज) र सबै एप्लिकेशनलाई चाहिने रेञ्जहरू हामीसँग छ ।
नयाँ तथा पुराना ग्राहकले आइसरकै गाडी किन रोज्ने ?
विश्वभरि नै आइसरका गाडीहरूलाई ‘माइलेजको वादशाह’ भनिन्छ । त्यसकारण विश्वभरी भएका विभिन्न कम्पनीहरूका कमर्सियल भेहिकलमध्ये सबैभन्दा बेष्ट माइलेज दिने ब्राण्डमध्ये आइसर एक हो । यो गाडीमा कष्ट अफ अनरसीप र खर्च निकै कम छ । यो गाडी किन्नु र अरु कम्पनीको गाडी किन्नुमा वर्षभरीको अपरेटिङ कष्ट, माइलेज, रिपेयर र मेन्टिनेन्स कष्टमा धेरै भिन्नता पाउनुहुन्छ, अर्थात् यसमा कम खर्च आउँछ । हामी एलएमडी सानो मिनी ट्रकको सेगमेन्टमा त ‘किङ्ग’ नै हौँ । नेपालमा मात्र होइन छिमेकी देश भारतमा समेत मिनी ट्रकको सेगमेन्टले ३५ प्रतिशत मार्केट शेयर होल्ड गरिरहेको छ । त्यस्तै आफ्टर सेल्स सर्भिसका रूपमा हामी देशभर फैलिएका छौँ । पार्टसहरू सर्वसुलभ रूपमा पाइने भएकाले पनि नेपालमा हामी एकदमै तीव्र गतिमा अघि बढिरहेका छौँ ।
अहिले तीव्ररूपमा अघि बढिरहेको कम्पनीले केही भावी लक्ष्य पनि पक्कै निर्धारण गरेको होला, के–के छन् भावी लक्ष्यहरू ?
अहिलेको अवस्थामा नाइट बस र इन्टरसिटी बसहरूमा हाम्रो उपस्थिति कम छ र त्यसलाई सशक्त बनाउने नै हाम्रो मुल लक्ष्य छ । साथै, इन्डिया–नेपाल र नेपाल–इन्डिया पनि इन्टरकन्ट्री बसहरू चल्ने÷चलाउने कुरा भइरहेको छ । यस विषयमा पनि हामी गृहकार्य गरिरहेका छौँ । साथै, अन्य नयाँ प्रडक्टहरू पनि ल्याउने हाम्रो लक्ष्य छ ।
देशमा ईभीको बाहुल्यता बढ्दो छ, तर तपाइँले भावी लक्ष्यमा आइसरको ईभी ल्याउने त कुरै गर्नुभएन नि ?
आइसरको साना पिकअप भ्यान र बसहरूको ईभी भर्जनहरू इन्डियामा टेष्ट ड्राइभ भइसकेको छ । हामीले ती गाडीहरूको प्रत्यक्ष अवलोकन पनिर गरिसकेका छौँ । नेपालको मार्केटले डिमाण्ड गर्ने हो भने हामी ईभीमा पनि पूर्णरूपमा तयारी छौँ । अहिले सिटी बसहरू चलिरहेका छन्, तर ठूला र इन्टरसिटी बसहरू प्रयोगमा नआइसकेको हुनाले हामी हेरिरहेका छौँ । यद्यपि, एउटा मोडल आगामी महिना नै ल्याउने हाम्रो तयारी पनि चलिरहेको छ ।
मुलुकको कमजोर आर्थिक स्थितिका कारण कमर्सियल भेहिकलको व्यापार ठप्पै छ भनिन्छ । त्यसको मात्रै व्यापार गर्ने तपाइँहरूको चाहिँ कस्तो छ ?
व्यापार राम्रो नभए पनि ठप्पैचाहिँ छैन । पछिल्लो समय गठन भएको नयाँ सरकारसँग स्थायित्वको फिल गरेका छौँ । रेमिटेन्स बढेको छ, वैदेशिक मुद्राको सञ्चिती बढेको छ, एडीबी र विश्व बैंकहरूले पनि नेपालमा नयाँ प्रोजेक्टहरू लागू गर्ने कुरा गरिरहेका छन्, विमानस्थल निर्माणको क्षेत्रमा काम भइरहेको छ, पूर्वपश्चिम राजमार्गमा पनि काम भइरहेको छ, पोखरा–मुग्लिन–काठमाडौंको बाटो बन्न लागेको छ, शेयर मार्केट र यियल–स्टेटको बजार सुधारोन्मुख छ । यी सब कुराले अब मुलुकको आर्थिक स्थितिमा क्रमशः सुधार आउने प्रशस्त सङ्केतहरू देखिएका छन् । हाम्रा बिजनेशहरू यिनै कम्पोनेन्टहरूसँग एसोसिएटेट छन् । त्यसकारण आशावादी भएर अघि बढ्नुको विकल्प छैन ।
गाडी बेच्दा धेरै मार्जिन राख्नुहुन्छ भन्ने आरोप अटोमोबाइल व्यवसायीलाई लाग्दै आएको छ नि ?
गाडी बेच्दा मार्जिन धेरै भयो भन्ने आरोपमा कुनै सत्यता छैन । किनभने जसले यो आरोप लगाउनुहुन्छ उहाँले वास्तविक वस्तुस्थिति के हो भन्नेबारे जानकारी नै राख्नुभएको छैन । सरकारका नियामकहरूले निरन्तर अनुगमन गरिरहेको छ, हामीले नियमित प्रतिवेदन बुझाइरहेका हुन्छौँ, अडिट गरिरहेकै छौँ । त्यसकारण सरकारले तोकेको नियमहरूकै आधारमा हामीले मूल्य निर्धारण गरेका हुन्छौँ, यसमा धेरै वा थोरै मार्जिन भन्ने हुँदैन । अर्को कुरा, गाडी आयात गरेर गोदामसम्म ल्याइपुर्याउनु मात्रै त्यसको अन्तिम कष्ट होइन । ल्याइसकेपछि पनि हाम्रो धेरै खर्च भइरहेको हुन्छ । नाफा गर्न व्यापार गर्ने हो भन्दैमा हामीले उपभोक्तालाई मर्का पर्नेगरी मूल्य निर्धारण गरेका हुँदैनौँ । यो विषयमा उपभोक्ताहरूलाई ढुक्क रहन अनुरोध गर्दछु । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS