काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका उम्मेदवार खर्च गर्न पाउने सिमा निर्धारण गरेको छ ।
आयोगले माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्यका उम्मेदवारले बढीमा ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने सिमा निर्धारण गरेकोआयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
आयोगले अन्तर्क्रियामा सबैभन्दा बढी १ लाख र कार्यालय सञ्चालन र सवारी साधनमा ७०-७० हजार खर्च गर्न पाउने सीमा तोकेको छ । आयोगले, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने मापदण्ड तोकेको छ ।
आयोगले मतदाता नामावली खरिदमा एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन -घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार, प्रचार प्रसार सामग्रीमा १४ हजार ५००, ढुवानीमा १० हजार, गोष्ठी-अन्तरक्रियामा एक लाख, अन्य प्रचार-प्रसार, छापा एंव विद्युतीय माध्यममा १४ हजार ५००, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविधमा ३० हजार गरेर कुल ३ लाख ५० हजार खर्चको सीमा तोकेको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS