काठमाडौं । आज निर्वाचन दिवस मनाइँदैछ । नेपालीले मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन दिवस मनाउने गरिएको छ । यो वर्षको निर्वाचन दिवसको नारा ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ छ।
तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको कार्यकालमा २०१५ साल फागुन ७ गते महासभा र प्रतिनिधिसभा गरी दुई सदनका लागि निर्वाचन भएको थियो । त्यही दिवनलाई आधार मानी प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइन्छ ।
यसअघि विसं २००४ जेठमा ‘काठमाडौँ म्युनिसिपाटिली’को निर्वाचन भए पनि यसलाई पहिलो बालिग मताधिकारको अवसर मानिएको छैन ।
निर्वाचन आयोगले २०७३ सालमा प्रकाशन गरेको ‘नेपालको निर्वाचन इतिहास’ पुस्तकमा त्यसअघि राणाकालमा १९८७ सालमा स्थानीयस्तरमा जनप्रतिनिधि संस्थाका रूपमा केही स्थानमा पञ्चायत स्थापना गर्न निर्वाचनसम्बन्धी व्यवस्था गर्न रुक्का र इस्तिहार जारी भएको उल्लेख छ।
२०७३ सालबाट निर्वाचन दिवस मनाउन थालिएको हो, वर्ष २०८२ चाहिँ निर्वाचन दिवसको दशौँ संस्करण हो ।

FACEBOOK COMMENTS