काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको स्वच्छता प्रवद्र्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरेको आयोगले जनाएको छ।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्ण बहादुर राउतलगायतका अधिकारीहरूको उपस्थिति थियो।
निर्वाचन नजिकिएसँगै टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक प्रचार बढेपछि त्यस्ता गतिविधि रोक्न निर्वाचन आयोगले टिकटकसँग समझदारी गरेको हो।
FACEBOOK COMMENTS